ठूलो परिमाणमा लागू औषध सहित दुई जना पक्राउ

347 Shares

सर्लाहीका दुई छुट्टा छुट्टै स्थानबाट ठुलो परिमाणमा लागू औषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका २ बाट एक जना र ब्रम्हपुरी गाउँपालिका ५ बाट एक जनागरी दुई जनालाई ठूलो मात्रामा लागुऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दिए ।
उनकाअनुसार महोत्तरीको सोनमा गाउँपालिका २ का अन्दाजी ३५ वर्षका रामपुजन साहलाई लालबन्दी नगरपालिका २ बाट ओनेरेक्स ६५ बोतल र स्पास्मो प्रोक्सिभन प्लस–१८ लेखिएको एक सय ४४ ट्याब्लेट लागू औषध सहित पक्राउ गरिएको हो । रेल्वे ट्रयाकको बाटो हुदै लागू औषध ओसार पसार भइरहेको विशेष सूचनाको आधारमा खटिएको इलाका प्रहरी कार्यालय नवलपुरको टोलीले ज १२ प ६१२१ नम्बरको मोटरसाइकल र साहलाई लागु औषध सहित पक्राउ गरेको हो ।
यस्तै ब्रम्हपुरी गाउँपालिका ५ बाट वीनरेक्स ५० बोतल लागू औषध सहित भारतको सीतामढी जिल्ला सोनबर्षा थाना घुरघुरा टोलका अन्दाजी २८ वर्षका नन्द पासवानलाई पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ ।बिआर ३० एफ ८६६३ नम्बरको भारतीय मोटरसाइकलमा सवार पासवान नेपाल तर्फ आउँदै गर्दा पक्राउ परेका हुन तर मोटरसाइकल चालक भाग्न सफल भएका छन ।पक्राउ परेका दुवै जनाका साथै मोटरसाइकल र लागू औषध नियन्त्रणमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार