हरिवन १ कैलाशपुरीको मानव सेवाश्रमलाई न्यानो कपडा प्राप्त

1.5k Shares


सर्लाहीको हरिवन नगरपालिका १ कैलाशपुरीमा रहेको मानव सेवाश्रमलाई न्यानो कपडा प्राप्त भएको छ । हरिवन नगरपालिकाकै  १ कैलाशपुरीमा संचालित आश्रममा बसोवास गर्ने ५० जना वृद्धवृद्धाका लागि हरिवन नगरपालिकाले न्यानो कपडा प्रदान गरेको हो । 
हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल),उप प्रमुख हरिमाया घलान,वडा नं. १ का वडाध्यक्ष टमबहादुर घिसिङ लगायतले आश्रममै पुगेर आश्रमकी संयोजक सम्झना अधिकारीलाई न्यानो कपडा हस्तान्तरण गरेका हरिवन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले जानकारी दिए ।
हरिवन नगरपालिका ९ स्थित नयाँरोडमा भाडाको बसेको मानव सेवा आश्रम शहरी विकास तथा भवन कार्यालय  जनकपुरले निर्माण गरि दिएको भवन हरिवन नगरपालिकाले मानव सेवाश्रमलाई उपलब्ध गराएपछि केही महिना पहिला कैलाशपुरीमा सारिएको थियो । 

सम्बन्धित समाचार