कम्युनिष्ट पार्टीका संस्थापक सदस्य एवम नेकपा(माओवादी केन्द्र)का पुर्व नेता नर बहादुर कर्माचार्यको ११ औँ स्मृतिमा वृक्षारोपण गरिएको छ। नर बहादुर कर्माचार्य स्मृति प्रतिष्ठान सर्लाहीको आयोजनामा हरिवन नगरपालिका ६ स्थित रहेको विद्यार्थ सामुदायिक वन उपभोक्ता समुहको खाली रहेको जमिनमा करिब पाँच सय विरुवाहरु रोपिएको नर बहादुर कर्माचार्य स्मृति प्रतिष्ठान सर्लाहीका अध्यक्ष ताराराज पन्त(अर्जुन)ले जानकारी दिए ।
उनका अनुसार माओवादी केन्द्रका उप महासचिव एवम नर बहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका केन्द्रीय अध्यक्ष गिरीराज मणी पोख्रेलको प्रमुख आतिथ्यता एवम माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम सर्लाही जिल्ला इन्चार्ज अच्युतम काफ्लेको विशिष्ट आतिथ्यतामा कर्माचार्यको ११ औँ स्मृति दिवशको अवसरमा वृक्षारोपण गरिएको हो । कर्माचार्यको ११ औँ स्मृति दिवशको अवसरमा विभिन्न प्रजातिका बिरुवा रोप्ने कार्यक्रममा माओवादी केन्द्रका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुको विशेष उपस्थिति रहेको माओवादी केन्द्र सर्लाहीले जनाएको छ ।