Close This

सोमबार ११५४ नयाँ संक्रमित थपिए, १६ जनाको मृत्यु

पत्र पत्रिका    प्रकाशित: २०७७-६-५ गते   ३००९ पटक हेरिएको

नेपालमा सोमबार थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको मन्त्रालयले बताएको छ ।
त्यसैगरी सोमबार नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको मन्त्रालयले बताएको छ ।

त्यस्तै सोमबार १ हजार ५ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech