स्वास्थ्य समिक्षामा फिक्कल प्रथम,मरिण द्धितिय र गोलन्जोर तृतिय

461 Shares

आर्थिक वर्ष २०८१/०८२ को जिल्ला भरीमा स्वास्थ्य क्षेत्रमा सिन्धुलीको फिक्कल गाउँपालिका प्रथम भएको छ।सिन्धुलीका नौ वटा पालिकाहरुको स्वास्थ्य सम्बन्धी जिल्लास्तरिय वार्षिक समिक्षा गोष्ठिमा फिक्कल गाउँपालिका प्रथम,मरिण गाउँपालिका दोस्रो र गोलन्जोर  गाउँपालिका तेस्रो भएका जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख बिमल पटेलले जानकारी दिए ।
उनका अनुसार बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा.नरेन्द्र कुमार झाको प्रमुख आतिथ्यतामा भएको स्वास्थ्यसँग सम्बन्धित समिक्षा कार्यक्रममा प्रथम,द्धित्तिय र तृतिय भएका फिक्कल गाउँपालिका,मरिण गाउँपालिका र गोलन्जोर  गाउँपालिकालाई प्रशंसा पत्र समेत प्रदान गरिएको हो ।

सम्बन्धित समाचार