शंखर पहाडी(गौरब)
सर्लाहीको लालबन्दीमा शुक्रबार नागरिक सम्वादका लागि“जनतासँग प्रमुख जिल्ला अधिकारी”कार्यक्रम सम्पन्न गरिएको छ । लालबन्दी नगरपालिकाको पुरानो भवनमा सरोकारवालाहरुलाई सहभागी गराई कार्यक्रम सम्पन्न गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
प्रशासन र पालिकाबीच सुमधुर सम्वन्ध कायम गर्दै आपसी समन्वयमा हुने कामलाई चुस्त र व्यवस्थित बनाई नागरिकलाई सहज सेवा दिन सकियोस् भनेर नागरिक सम्वादका लागि“जनतासँग प्रमुख जिल्ला अधिकारी”कार्यक्रम सम्पन्न गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले बताए । उनका अनुसार यसअघि चक्रघट्टा र ब्रम्हपुरी गाउँपालिकामा यस प्रकारको कार्यक्रम भइसकेको छ ।
कार्यक्रममा सहभागीले राखेको जिज्ञासाको जवाफ दिँदै प्रमुख जिल्ला अधिकारी यादवले यो कार्यक्रमपछि सुरक्षा अंग र पालिकासँगको समन्वयमा हुने धेरै काम चुस्तदुरुस्त र नागरिक मैत्री हुने विश्वास व्यक्तगरे ।
शुक्रबार नागरिक सम्वादका लागि“जनतासँग प्रमुख जिल्ला अधिकारी”कार्यक्रम पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ,लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी,उप प्रमुख कल्पनामाया पाख्रिन,सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपती शसस्त्र उपरीक्षक तुलबहादुर भण्डारी,राष्ट्रिय अनुसन्धानका उप–अनुसन्धान निर्देशक सन्तोष ढुंगेल,लालबन्दीका निर्वतमान नगर प्रमुख मानबहादुर खड्का, नेकपा(माओवादी केन्द्र)का स्थायी कमिटि सदस्य प्रल्हाद कुमार बुढाथोकी र एमालेका नेता गोविन्द बहादुर महत, लालबन्दी नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरुका साथै जनप्रतिनिधिहरु र कर्मचारीहरु लगायतको उपस्थिति रहेको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलले जानकारी दिए ।