पूर्व– पश्चिम लोकमार्ग अन्र्तगत सर्लाहीको बागमती नगरपालिका ४ पुरानो चौकीमा तेल बोक्ने खाली टयांकर पल्टीँदा दुई बालक घाईते भएका छन्।पूर्वबाट–पश्चिम तर्फ जाँदै गरेको प्र.१–०२–००१ ख.८८८७ नम्बरको तेल बोक्ने खाली टयांकर आफैं अनियन्त्रित भई बागमती नगरपालिका ४ पुरानो चौकी स्थित सडकमा पल्टीँदा बामगती नगरपालिका ४ का अन्दाजी वर्ष १४ का प्रितम मगर र सोही ठाउँका अन्दाजी वर्ष १४ कै प्रेम कार्की घाईते भएका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार टयांकर पल्टीँदा घाईते भएका मगरको निधारमा चोट लागेको र स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि थप उपचारका लागि वीरगन्ज तर्फ पठाईएको साथै कार्कीको टाउको र छातिमा चोट लागेको अवस्था समान्य रहेको छ ।साथै ट्यांकरका चालक बाराको जीतपुर सिमरा उपमहा नगरपालिका २२ का अन्दाजी वर्ष ३२ का पन्चलाल रुम्बा र दुर्घटनामा संग्लग्न टयांकर प्रहरीको नियन्त्रणमा रहेको छ ।