Close This

एस.इ.ई र बोेर्ड परिक्षालाई लक्षित गरि पर्सामा निःशुल्क कोचिंङ कक्षा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-९ गते   २१७ पटक हेरिएको


 दुर्गा कुमारी अधिकारी


सर्लाहीको पर्सा गाउँपालिकाले पालिका भित्र रहेका माध्यामिक विद्यालयका विद्यार्थीहरुका लागि निःशुल्क कोचिङ कक्षा सुरु गरेको छ । पर्सा गाउँपालिकाका अध्यक्ष धिरेन्द्र राय(विष्पत)को पहलमा पालिका भित्रका कक्षा १०,११ र १२ मा अध्यायनरत विद्यार्थीहरुका लागि निःशुल्क कोचिङ कक्षा सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश प्रसाद यादवले बताए । 
उनका अनुसार गाउँपालिका अध्यक्ष रायको अध्यक्षता तथा वडाअध्यक्ष,शिक्षा शाखा प्रमुख,विभिन्न शाखाका कर्मचारी र शिक्षकहरुको  सहभागीतामा भएको छलफलबाट गाउँपालिका भित्रका कक्षा १०,११ र १२ मा अध्यायनरत विद्यार्थीहरुको एस.इ.ई र बोेर्ड परिक्षालाई मध्यनजर गर्दै निःशुल्क कोचिङ कक्षा सुरु गरिएको हो ।
विद्यार्थीहरुको उज्वल भविष्यको लागि  यसअघि पनि गाउँपालिका अध्यक्ष  यादवको विशेष पहलमा निःशुल्क लोकसेवा तयारी कक्षा संचालनमा आइसकेको छ ।
गाउँपालिका भित्रका करिब पाँच सय विद्यार्थीहरु लाभान्वित हुने गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । पर्सा गाउँपालिका अध्यक्षमा निर्वाचित भएदेखि नै गाउँपालिका अध्यक्ष रायको पहलमा गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुको भौतिक तथा शैक्षिक सुधारमा निकै ठुलो पहल भएको छ ।

तुलनात्मक हिसाबले सर्लाहीको सामुदायिक विद्यालयहरुको शिक्षाको स्तर खस्किएको चौतर्फी गुनासो बढेपछि गाउँपालिका अध्यक्ष रायले सामुदायिक विद्यालयहरुको शिक्षाको  गुणस्तर कसरी सुर्धान सकिन्छ भन्ने विषयमा चिन्तित हुँदै  सामुदायिक विद्यालयहरुको शिक्षा सुधारमा ध्यान केन्द्रीत गरेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech