बरहथवा १ मा आगलागीबाट १० लाखको क्षेती,हरिपुर ७ मा सेलारमा परेर एक बालकको हात भाँचियो

339 Shares

सर्लाहीको बरहथवा नगरपालिका १ सहनी टोलमा आगलागीबाट करिब १० लाख बराबरको धनमालको क्षेती भएको छ।बरहथवा नगरपालिका १ सहनी टोल स्थित राम प्रवेश सहनी, मनोज सहनी र ललका सहनीको बासँ,काठ र टालिले छाएको दुई तल्ले कच्ची घरमा घुरको आगोबाट आगालागी हुँदा करिब १० लाख बराबरको धनमाल जलेको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार तीन जनाको बासँ,काठ र टालिले छाएको दुई तल्ले कच्ची घरमा आगलागी हुँदा सुन र चाँदीका गर गहना,नगद,विभिन्न किसिमका कागजपत्र,अन्नपात,भाडावर्तन र लत्ताकपडा सहित अन्य सामान,दुई वटा बाख्रा र दुई वटा भँैसीका पाडाको पछाडीको भाग जलेको गरी करिब रु १० लाख बराबरको धनमालको क्षेती भएको हो ।आगलागी स्थानिय र दमकलको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको साथै मानविय क्षेती नभएको प्रहरीले जनाएको छ ।
त्यसैगरी सर्लाहीको हरिपुर नगरपालिका ७ मा धान कुट्ने सेलर मिलमा परेर एक बालक घाईते भएका छन्।हरिपुर नगरपालिका ६ का अतिम मंसुरका अन्दाजी १५ वर्षिय छोरो आलम मंसुरको हरिपुर नगरपालिका ७ पचगछियाका बिलट चौधरीको धान कुट्ने सेलर मिलमा बायाँ हात मोटरमा पर्न जाँदा बायाँ हातको नाँडिको भाग भाँचिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक श्रेष्ठले जानकारी दिए ।सेलार मिलको मोटरमा पर्न जाँदा बायाँ हाँत भाँचिएका मंसुरको स्थानीय स्वास्थ्य संस्थामा सामान्उ उपचार पछि लालबन्दीमा थप उपचार भई रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार