Close This

लालबन्दी नगरपालिका ८ मा निर्माण भएको भवन वडा कार्यालयलाई हस्तान्तरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-१२ गते   ४४ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ८ मा निर्माण भएको भवन आज(बुधबार) एक कार्यक्रमका वीच वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ । संघिय सरकारको रु ३ करोड ३२ लाखको लागत अनुमानमा निर्माण भएको जेष्ठ नागरिक आवाश गृह आज(बुधबार) एक कार्यक्रमका विच लालबन्दी नगरपालिका ८ लाई हस्तान्तरण गरिएको हो ।
संघिय सरकारको लगानीमा शहरी विकास तथा भवन कार्यालय जनकपुरको निगरानीमा नव सिर्जनसिल कन्ट्रक्सन प्रा.लि पिएमके(जेभी)ले निर्माण गरेको १४ कोठे भवनको शहरी विकास तथा भवन कार्यालय जनकपुरका इन्जीनियर विनोद कुमार यादव, नव सिर्जनसिल कन्ट्रक्सन प्रा.लि पिएमके(जेभी)का प्रतिनिधि रवि रन्जीतकारले लालबन्दी नरगपालिका ८ का वडा अध्यक्ष राजन कुमार श्रेष्ठलाई भवन हस्तान्तरण गर्नु भएको हो ।
भवनको बाहिरी संरचना निर्माण सम्पनन भएपनि भित्रि सामान्य काम बाँकी रहेको र चाँडै सो काम पनि सम्पन्न गर्ने गरी काम गरि रहेको नव सिर्जनसिल कन्ट्रक्सन प्रा.लि पिएमके(जेभी)का प्रतिनिधि रन्जीतकारले बताउनु भयो । स्थानिय र जनप्रतिनिधिहिरुले भवनको भित्रि केही सामान्य काम बाँकी रहेको र उक्त निर्माण कार्य सम्पन्न नभए सम्म भवन ग्रहण नगर्ने बताएका भएपनि ठेकेदार कम्पनीले केही दिन भित्रमै निर्माण सम्पन्न गरि दिने बताएपछि वडा अध्यक्ष श्रेष्ठ मार्फत वडा कार्यालयलाई हस्तान्तरण गरिएको हो ।
ठेकेदार कम्पनीले २०७७ मंसिर २६ मा निर्माणका लागि भन्दै सम्झौता गरेको थियो । स्थानिय कौशिल्य देवी श्रेष्ठ,स्वा.गुञ्जमान श्रेष्ठले आफ्ना छोरा स्वा.इश्वरमान श्रेष्ठको सम्झनामा करिब ६ कठ्ठा जग्गा दान गर्नु भएको थियो । सो जग्गामा निर्माण भएको भवनमा लालबन्दी नगरपालिका ८ ले अब २६ गतेबाट सोही भवनबाट आफ्नो सेवा प्रवाह गर्ने वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

यस सहित अब लालबन्दी नगरपालिकाका ३ वटा वडा कार्यालयले नयाँ भवन सहित आफ्नै भवनबाट सेवा दिन थालेका छन् । लालबन्दी नगरपालिका ५ र १० यस अघि नै आफ्नो वडा कार्यलयबाट सेवा दिन शुरु गरेका थिए भने लालबन्दी ८ ले २६ गतेबाट आफ्नो वडाको सेवा वडा कार्यलयबाटै सञ्चालन गर्ने भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech