Close This

विभिन्न पार्टी परित्याग गरि २ सय जना माओवादी केन्द्रमा प्रवेश

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-२६ गते   २९३९ पटक हेरिएको

 नेकपा (माओवादी केन्द्र) सर्लाहीको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम  सम्पन्न भएको छ । मलंगवा नगरपालिका ४ मा सोमबार कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रममा मलंगवा नगरपालिका ४ र १० का  नेता तथा कार्यकर्ताहरु विभिन्न पार्टीहरु परित्याग गरी नेकपा(माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।  कार्यक्रमका प्रमुख अतिथि नेकपा(माओवादी केन्द्र) सर्लाहीका सचिव कमल बुढाथोकीले  नव प्रवेसीहरुलाई  फुल माला र टीका लगाई स्वागत गर्नु भएको छ ।
नेकपा(माओवादी केन्द्र) सर्लाहीका जिल्ला कमिटी सदस्य नविराज खानको अध्यक्षतामा भएको कार्यक्रममा २ सय जना भन्दा धेरै विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु नेकपा(माओवादी केन्द्र)मा प्रवेश गरेका मलंगवा नगरपालिका  ४ का वडा कमिटी अध्यक्ष राम दरेश रायले जानकारी दिनु भयो ।
कार्यक्रममा माओवादी केन्द्रका नेता दिनेश राय,डा.राकेश राय ,हसन मिकरानी,विश्वजित डिसी,रामपृत यादव,राम विश्वास ठाकुर,लक्ष्मीनारायण चौधरी लगायतका नेताहरुको उपस्थिति रहेको  मलंगवा नगरपालिका १० का वडा कमिटी अध्यक्ष राम विश्वास महतोले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech