एमालेबाट हरिवनमा प्रमुख सहित १० निवर्तमानको उम्मेदवारी,उप प्रमुख र २ वडा अध्यक्ष नयाँ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-१२ गते   २८३ पटक हेरिएको

नेकपा(एमाले) ले हरिवन नगरपालिकाका नगर प्रमुख र उप प्रमुख सहित  ११ वटै वडा उम्मेदवारहरुको मनोनयन दर्ता भएको छ । बैशाख ३० गते हुने स्थानीय निकायकोे निर्वाचनका लागि हरिवन नगरपालिकाको नगर प्रमुख पदमा  नेकपा(एमाले)का गणेश प्रसाद प्रसाई र उप प्रमुखमा एमालेकी हरिमाया घलानले उम्मेदवारी दिनु भएको नेकपा(एमाले) हरिवन नगर कमिटिले जनाएको छ ।
 एमाले हरिवन नगरपालिका १ को वडा अध्यक्ष पदका लागि राम बहादुर क्याप्छाकी,२ को वडा अध्यक्ष पदका लागि अर्जुन महतो कुशवाह, ३ को वडा अध्यक्ष पदका लागि दिपमान लोप्चन, ४ को वडा अध्यक्ष पदका लागि चन्द्रलाल लामा, ५ को वडा अध्यक्ष पदका लागि राम शुन्दर महतो, ६ को वडा अध्यक्ष पदका लागि प्रह्लाद  बुढाथोकी, ७ को वडा अध्यक्ष पदका लागि  कुमार मैनाली, ८ को वडा अध्यक्ष पदका लागि प्रज्वल ढुंगानाले उम्मेदवारी दर्ता गरेका छन् ।
त्यसैगरी हरिवन नगरपालिका ९ को वडा अध्यक्ष पदका लागि सिताराम पोख्रेल,१० को वडा अध्यक्ष पदका लागि शम्भु मैनाली र ११ को वडा अध्यक्ष पदका लागि शेष मेहबुब रेजाले उम्मेदवारी दर्ता गरेका एमाले हरिवन नगर कमिटिले जनाएको छ ।  जसमा हरिवन नगरपालिका ४ र ५ बाहेक हरिवन नगरपालिकाका बाकी सबै निवर्तमान वडा अध्यक्ष रहेका निवर्तमान नगर प्रमुख प्रसाईका स्वकीय सचिव युवराज आचार्यले जानकारी दिनु भयो । हरिवन नगरपालिका ४ मा लामा र हरिवन नगरपालिका ५ मा महतोले उम्मेदवारी दर्ता गरेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech