सर्लाही ३(क)मा कुशवाहको जित पक्का,दलिय उम्मेदवारहरुलाई छटपटी सुरु,

1.5k Shares

सर्लाही क्षेत्र नम्बर ३ को (क)का स्वतन्त्र तर्फका उम्मेदवार जवाहरलाल कुशवाहको जित पक्का भएको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका कुशवाहले जित्ने निश्चीत भएपछि दलिय उम्मेदवारहरु छट पटिन थालेका छन् ।
सर्लाही ३(क)का २५ वटा वडाहरु मध्य करिब १५ वटा वडाका जनताले कुशवाहलाई साथ दिएपछि दलिय उम्मेदवारहरु छटपटाउन थालेका हुन । बागमती नगरपालिकाको १२ मध्य ११ वटा वडाहरु,बरहथवा नगरपालिका ५ नम्बर वडा,हरिपुर नगरपालिका १ का साथै हरिवन नगरपालिकाका अधिकांहरु वडाहरुका जनताले कुशवाहलाई साथ दिएपछि बाम लोकतान्त्रीक गठबन्धन र अर्काे तीन दलिय गठबन्धनका प्रदेश सभा तर्फका उम्मेदवारहरु छटपटाउन थालेका हुन ।
हरिवन नगरपालिकाका ११ वटै वडा,बागमती नगरपालिकाका १२ वटै वडाहरु,वहरथवा नगरपालिकाको ५ नम्बर र हरिपुर नगरपालिकाको १ नम्बर गरी कुल २५ वटा वडा रहेको सर्लाही ३(क)मा बागमती नगरपालिकाका ११ वटा,बरहथवान गरपालिका ५ नम्बर र  हरिपुर नगरपालिकाको वडा नम्बर  १ नम्बर वडाका जनताले कुशबाहलाई साथ दिएपछि आफुहरु हार्ने निश्चीत भएपछि दलिय उम्मेदवारहरु छटपटाउन थालेका हुन ।
“सामाजिक कार्यमा लागेका समाजका भद्र र शिक्षित व्यक्ति स्वतन्त्र तर्फका उम्मेदवार कुशवाहलाई सो क्षेत्रका मतदाताले करिब ७० प्रतिशत मतदान गर्ने आश्वासन दिएपछि बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवार डिल्ली प्रसाद उप्रेती र तीन दलिय गठबन्धनका उम्मेदवार गणेश प्रसाद प्रसाई अतालिएका छन्” एक स्थानियले बताए ।
“हरिवन नगरपालिकाको नगर प्रमुख हुँदा प्रसाईले आफुलाई बादशाह सम्झीन्थे,उनको बादशाहपनलाई ठेगान लगाउन आफुहरुले मंसिर ४ मा स्वतन्त्र तर्फका उम्मेदवार कुशवाहलाई मतदान गर्ने” एक स्थानियले नाम नबताउनेसर्तमा कमलामाई मिडिया प्रा.लिलाई बताए ।
“कुशवाह पार्टीमा प्रवेश गर्दा सर्लाही ३(क)बाट प्रदेश सभा सदस्यको उम्मेदवारी दिने निश्चीत भएको थियो । सोही अनुसार उनलाई नेकपा(माओवादी केन्द्र)का केही नेताहरुको आन्तरीक रुपमा साथ रहेको पनि खुल्न आएको छ । तर उनि आफैँ जनताको घर दैलोमा जाँदा नै जनताको पुर्ण रुपमा साथ पाएका छन् । समाजमा निकै चिरपरिचित कुशवाहलाई कुननेताले साथ दिएका छन् भन्ने भन्दा पनि जनताको साथ कस्तोछ भन्ने नसोची दलिय उम्मेदवारहरु तर्सिए”अर्का स्थानियले बताए ।
सर्लाही ३(क)मा ३८ मतदान स्थल,८४ मतदान केन्द्र रहेका छन् भने ३६ हजार ५ सय १४ पुरुष र ३५ हजार २ सय ४९ जना महिला र १ अन्य गरि कुल ७१ हजार ७ सय ६४ जना मतदाता रहेका छन् । जसबाट आफुले कुल मतदाताबाट खसेको मतको करिब   ७० प्रतिशत मत पाउने उम्मेदवार कुशवाहले कमलामाई मिडिया प्रा.लिलाई बताए ।उनले करिब ५० हजार मत खस्ने र  आफुले करिब ३२ हजार मत पाउने  बताए । 
सर्लाही ३(क)का जनताले अब नयाँ अनुहार हेर्न चाहेको र समाजका लागि आवश्यक पर्ने समाजका समस्या समाधान गर्न हरहमेसा लागि पर्ने एकमात्र उम्मेदवार कुशवाह रहेका कारण उनैलाई मतदान गर्ने एक स्थानियले बताए । उनले भने “तीन दलिय गठबन्धनका उम्मेदवार प्रसाई हरिवन नगरपालिकाको नगर प्रमुख भई काम गरेका र उनले जनताको पक्षमा कहिलै काम नगरेको साथै पाँच दलिय गठबन्धनका उम्मेदवार उप्रेतीले पनि प्रदेश सभासदस्य हुँदा जनताको काममा चासो नदेखाएका कारण पनि अब हामी सोच बदल्ने,मत बदल्ने पक्षमा छौँ। ” तर पाँच दलिय र तीन दलिय गठबन्धनका उम्मेदवारहरु हारगुहार माग्न विभिन्न बाहना बोकेर कुद्न थालेका छन् ।

सम्बन्धित समाचार