Close This

सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाईनलमा मच्छिन्द्र र जावलाखेल खेल्ने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-५ गते   २११ पटक हेरिएको

शंखर पहाडी(गौरब)


सर्लाहीको बागमती नगरपालिका ११ स्थित स्व.सन्तोषश्रेष्ठ स्मृति खेल मैदानमा जारी सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधिका लागि मच्छिन्द्र फुटबल क्लब र जावलाखेल यूथ क्लबले खेल्ने भएका छन् । शुक्रबार सम्पन्न प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा सुदूरपश्चिम–११ धनगढीलाई ६–२ गोलले पराजित गर्दै मच्छिन्द्र फुटबल क्लबले फाइनलमा जावलाखेलसँगको भेट पक्का गरेको हो । 
सङ्कटा फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गरेको जावलाखेल युवा क्लब र सुदूरपश्चिम–११ धनगढीलाई ६–२ गोलले पराजित गर्दै मच्छिन्द्र फुटबल क्लबले फाइनलको यात्रातय गरेका बागमती युवा क्लबका महासचिव एवम बागमती नगरखेलकुद विकास समितिका संयोजक सागरमैनालीले जानकारी दिए । उनका अनुसार मोफसलको सुदूरपश्चिम–११ धनगढी गत वर्षको सहीद स्मारक ए डिभिजन लिगको बिजेता मच्छिन्द्रसंग ६–२ गोलले पराजित भएर प्रतियोगिताबाट बाहिरिएको हो ।
शुक्रबार भएको दोस्रो सेमिफाईनल खेलमा मच्छिन्द्रका विमल घर्तिमगरले म्यान अफ दी म्याद बन्दै नगद रु १० हजार पुरस्कार प्राप्त गरेका आयोजक बागमत ियुवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए । उनका अनुसार माघ २५ गतेबाट सुरु भएको मधेश प्रदेश कै सर्वाधिक धनराशीको सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनल खेल फागुन ७ गते अर्थात आइतबार हुने छ ।
एक विदेशी टिम सहित १२ टिम सहभागीता रहेको सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको विजेताले नगद रु १० लाख र उपविजेताले नगर रु पाँच लाख प्राप्त गर्ने आयोजक बागमती युवा क्लबका सचिव कुमार प्रधानले जानकारी दिए ।
बागमती युवा क्लब र बागमती नगरपालिकाकोे संयुक्त आयोजनामा भएको प्रतियोगिताको सातौँ संस्करण सम्मआई पुग्दा प्रदेश सरकार र केन्द्र सरकारबाट कुनै सहयोग प्राप्त नभएको आयोजक बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए । उनका अनुसार मधेश प्रदेश कै सर्वाधिक धनरासीको राजर्षि जनक कप फुटबल प्रतियोगिताको यस संस्करण सम्पन्न हुँदा सम्म रु ९८ लाख १२ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech