सर्लाही प्रहरीद्धारा करिब ९० हजार बराबरको भन्न्सार छलीको सामान बरामद्

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-४-२९ गते   ६७९ पटक हेरिएको

सर्लाही प्रहरीले जिल्लाका विभिन्न स्थानहरुबाट भन्सार छली नेपाल तर्फ ल्याँदै गरेको अवस्थामा करिब ९० हजार बराबरको सामान भन्सार छलीका सामानहरु नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाही र मातहतका प्रहरी कार्यालयहरुबाट खटिएका प्रहरी टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा चिनी २ बोरा र चामल ३९ बोरा बरामद् गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए । 
उनका अनुसार मलंगवा नगरपालिका ९ स्थित प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरी टोलीले २ बोरा चिनी अन्दाजी मुल्य आठ हजार बराबरको र ब्रम्हपुरी गाउँपालिका ६ स्थित रहेको लाल बाबु साहको राईस मिलमा भारतबाट ल्याई लुकाई छिपाई राखेको ३९ बोरा चामल अन्दाजी मुल्य रु ८० हजार बराबरको गरी करिब रु ८८ हजार बराबरको भन्सार छलीको सामान नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी प्रमुखको रुपमा प्रहरी उपरिक्षक सुवेदी आएपछि सिमानाकाबाट हुने भन्सार छली चोरी पैठारी निकै न्युन भएको स्थानीय जानकारहरुले बताएका छन्।कमिसनको लोभमा नपरी प्रहरी उपरिक्षक सुवेदीले मातहतका प्रहरी युनिटहरुलाई व्यावसायीक प्रहरी भएर संगठनको मर्म,भावना र मर्यादा भित्र रहेर काम गर्न निर्देशन दिएपछि जिल्लामा भन्सार छली चोरी पैठारी गर्नेहरुको निदहराम भएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech