सर्लाही प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक पाेखरेल

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-२१ गते   ५७१ पटक हेरिएको

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा नयाँ प्रमुख प्रहरी उपरीक्षक  प्रविण पोखरेल हाजिर हुनु भएको छ । प्रहरी प्रधान कार्यालय मातहत रहेको योजना तथा अन्वेषण शाखाबाट काजमा खटिएका पोखरेल आईतबार जिल्ला प्रहरी कार्यालय हाजिर हुनु भएको हाे। उहालाई कार्यालयमा सर्लाहीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीसहित अन्य प्रहरी अधिकृत र प्रहरी कर्मचारीले स्वागत गरेका हुन् । प्रहरी उपरीक्षक  पोखरेलले जिल्ला प्रहरी प्रमुखको कार्यभार समेत आईतबार नै सम्हाल्नु भएको प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिनु भयाे ।
प्रहरी प्रधान कार्यालयले गत बुधबार सर्लाहीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईको पाँच महिनामै योजना तथा अन्वेषण शाखा काज सरुवा गरेकाे थियाे । प्रहरी निरिक्षक हुदा देखि मधेश प्रदेश कै जिल्लाहरुमा कार्यरत रहेका प्रहरी उपरीक्षक प्रसाईलाई कार्यसम्पादनमा सन्ताेषजनक काम गर्न नसकेकाे भन्दै प्रहरी प्रधान कार्यालय तानिएको थियाे । साेही स्थानमा गरी प्रहरी उपरीक्षक पोखरेललाई सर्लाहीमा काज सरुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech