लालबन्दी १५ मा २ दिवसिय फुटवल प्रतियोगीता सम्पन्न

2.9k Shares

सर्लाहीको लालबन्दी नगरपालीका १५ बोहोरेडाँडामा २ दिवसिय फुटवल प्रतियोगीता सम्पन्न भएको छ । मैत्रीसान्ती तामाङ युवा क्लवको आयोजनामा जिल्लाका १८ ओटा फुटवल टिमको सहभागीतामा प्रतियोगीता आयोजना गरिएको क्लवका अध्यक्ष सुब्बा स्याङ्तानले जानकारि दिनुभयो ।
श्रावण १८ गते बिहान सांसद सञ्चमाया मोक्तानले उद्घाटन गर्नु भएको प्रतियोगीतामा लालबन्दी नगरपालीका १५ का वडाध्यक्ष गोरख बल, १६ का वडाध्यक्ष गणेश थापा, प्राथमिक बिद्यालय अर्नेडाँडाका प्रधानाध्यापक सोम बहादुर गोले, युवा समाजसेवि पेम्बा घलान लगाएत स्थानिय जनप्रतिनिधिहरु,समाजसेवि तथा बुद्दिजिविहरुको उपस्थिती रहेको थियो ।
लालबन्दी तथा ईश्वरपुर नगरपालीकाका गरि १८ टिमको सहभागीतामा भएको प्रतिस्पर्धामा लालबन्दी १६ को तिनघरेका खेलाडीलाई ट्राईबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै ईश्वरपुर १२ फुलजोरका खेलाडिले प्रथम पुरस्कार जित्न सफल भएका हुन।

कोरोनाको संक्रमण नदेखिएको लालबन्दी नगरपालिकामा स्थानिय युवाहरुको क्षमता बृद्धि बिकासका लागी प्रतियोगीता आयोजना गरिएको मैत्रीसान्ती तामाङ युवा क्लवका अध्यक्ष स्याङतानले बताउनु भयो । प्रतियोगीतामा प्रथम तथा द्वितिय हुने टिमलाई जनहि १० तथा ५ हजार नगद पुरस्कार प्रदान गरिएको आयोजकले बताउको छ । 

सम्बन्धित समाचार