सर्लाहीको इश्वरपुर नगरपालिका ५ की एक बालिकाको नुहाउँने क्रममा डुबेर मृत्यु भएको छ।इश्वरपुर नगरपालिका ५ का सन्तोष पाण्डेकी अन्दाजी १२ वर्षिय छोरी निशा पाण्डेको लालबन्दी नगरपालिका १७ का भरत थापाको खेतमा जमेको पानीमा नुहाउँन जाँदा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।उनका अनुसार लालबन्दी नगरपालिका १७ स्थित फुलजोर खोला छेउमा रहेको थापाको पानी जमेको जमिनमा चार/पाँच जना साथीहरूसंग नुहाउने क्रममा अचानक डुबेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरिक्षक आषिक चौधरीको कमाण्डको टोलीका साथै स्थानियको सहयोगमा पाण्डेलाई शुक्रबार दिउँसो अन्दाजी साँढे २ बजे उद्दार गरी प्रहरीको गाडीमा हालेर उपचारको लागी लालबन्दी नगरपालिका ६ स्थित लालबन्दी मोडेल अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।