सर्लाहीका चार पालिकामा राष्ट्रिय परिचय पत्र बनाउने टोली अर्को टोली परिचालन

417 Shares

सर्लाहीका ४ पालिकामा राष्ट्रिय परिचय पत्रका लागि विवरणका लागि कर्माचारी परिचालन भएका छन् ।एकपछि अर्को पालिकामा पालैपालो खटिएका कर्माचारी टोली अहिले हरिपुर र हरिपूर्वा नगरपालिका तथा कौडेना र चक्रघट्टा गाउँपालिकामा पुगेका हुन् ।हरिपुर र हरिपूर्वामा पुगेको टोली पर्सी १३ गतेसम्म बस्ने छ ।त्यस्तै चक्रघट्टा र कौडेनामा परिचालित टोली भने असार १२ गतेसम्म मात्रै खटिने जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।
उनका अनुसार त्यसपछि उक्त टोली अर्को पालिकामा जाने र यसअघि बलरा,गोडैता र ईश्वरपुर नगरपालिकाका साथै रामनगर,धनकौल,विष्णु,चन्द्रनगर र बसबरिया गाउँपालिकामा पुगेर विवरण लिइसकेको सहायक प्रमुख जिल्ला अधिकारी हामे प्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार साउनदेखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य लागू गर्न लागिएसँगै परिचय पत्र बनाउनका लागि जिल्ला प्रशासन र इलाका प्रशासनहरुमा सेवाग्राहीको अत्यधिक भिड लागेपछि पालिकाको कार्यालयमै कर्माचारी पठाएर विवरण लिने काम भइरहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार