साहलाई सांसद बनाउने सर्लाही १ का जनताको चाहना

239 Shares

आगामी फागनु २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ का आम मतदाताको रोजाईमा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार एवम निवर्तमान प्रतिनिधि सभा सदस्य प्रमोद साह परेका छन् ।सर्लाही क्षेत्र नम्बर १ को समग्र विकास निर्माण,नेतृत्वदायी भूमिका,सरल,इमान्दार र भूईमान्छेको प्रतिनिधिका रुपमा परिचित भएका साह फेरी क्षेत्र नम्बर १ का मतदाताको रोजाईमा परेका हुन ।
नेकपाबाट“तारा”चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा रहेका साहबाट मात्र सर्लाही क्षेत्र नम्बर १ को समृद्धि सम्भव भएको भन्दै सर्लाही क्षेत्र नम्बर १ का अधिकांस मतदाता साहलाई तारा चुनाव चिन्हमा मतदान गर्ने पक्षमा उभिएपछि अन्य दलका उम्मेदवारहरुको होस हवास उडेको छ ।
सर्लाही क्षेत्र नम्बर १ मा आगामी निर्वाचनमा विभिन्न दल र स्वतन्त्र गरी २८ जना उम्मेदवाहरु चुनावी मैदानमा छन्।तर,क्षेत्र नम्बर १ का आम मतदातको घरदैलोमा सुख,दुःखमा साथ,सहयोग गर्नु पुग्ने एकमात्र उम्मेदवार साहनै रहेकाले उनैलाई यसपटक पनि मतदान गरी जिताउने पक्षमा सर्लाही क्षेत्र नम्बर १ का मतदाताहरु पुगेका हुन । 
कतिपय नेता चुनावको समयमा मात्र नागरिकालाई झुक्याएर मत माग्न आउने र त्यसपछी फर्केर गाउँ नआउने गरेका भएपनि साह हरेक समस्यामा होस वा खुसीयालीमा जनताकै साथमा हुने भएकाले पनि यसपटक पनि साहले नै मतदाताको मन जित्न सफल भएको चर्चा गर्न थालिएको छ । 
विकृति,विसंगती,कुरीति,कुसंस्कार र वेतिथीका विरुद्ध खरोरुपमा प्रस्तुत हुने सर्लाही क्षेत्र नम्बर १ को समग्र विकासमा साझा अभिभावकका रुपमा उभिदै आएका कारण यस पटक पनि उनलाई मत दिएर विजयी गराउने सोचमा आफुहरु रहेको मतदाताहरुको भनाई छ।यस अघि सांसद हुँदा सर्लाही क्षेत्र नम्बर १ को विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेर विकास र समृद्धिमा  अतुलनीय योगदान पु¥याएका साहलाई नै मतदान गरी जिताउने मतदाताहरुको भनाई छ ।
दुःख पर्दा होस या सुखमा संधै जिल्लाबासीकै साथ,सहयोग र समर्पणमा आफ्नो सहभागिता देखाई रहेका नेता साहका अघि क्षेत्र नम्बर १ का अन्य प्रतिस्पर्धीहरु फिक्का बन्दै गएका मतदाताहरुको भनाई छ ।
साहसंग अन्य दल र स्वतन्त्र गरी २८ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन्।तर,अन्य उम्मेदवारहरु चुनावको समयमा मात्र देखिने भएकाले साहकै पक्षमा आम नागरिकको समर्थन उर्लदो छ।नेकपाका नेता कार्यकर्ताको साथै अन्य राजनीतिक दल, सर्लाही क्षेत्र नम्बर १ का स्वतन्त्र नागरिका तथा बुद्धिजिवी वर्गहरु समेत साहकै पक्षमा खुलेरै मतमाग्न लागी परेका छन् ।
यस पटकको निर्वाचन अन्य समयको भन्दा विषम परिस्थितीमा भएका कारणले पनि सर्लाही क्षेत्र नम्बर १ को दिर्घकालीन विकास लागि सोचेर मतदान गर्नु पर्ने अवस्था आएको मतदाताहरु नै बताउँछन् ।

सम्बन्धित समाचार