लकडाउनको अवज्ञा गर्दै धार्मिम मेला

2k Shares

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९ ) का कारण सरकारले जारी गरेको लकडाउनको उल्लंघन गर्दै जिल्लाको हरीपुर नगरपालिका १ हरिहरमाई क्षेत्रमा एक महिना देखि धार्मिक मेला लागिएको छ । फागुनको अन्तिम साताबाट सुरु भएको मेला अहिले पनि जारी रहेको छ ।मेलामा दैनिक सय जना भन्दा बढी भक्तजनहरु आउने गरेका छन। 
नागाबाबा नामले परिचित बाबालाई हेर्न र दर्शन गर्न वरिपरि गाउबाट दैनिक सयौंको संख्यामा भक्तजन आउने गरेको स्थानिय दुखा मण्डलले बताउनु भयो । मध्याह्न १२ वजेको चर्को घाममा नागाबाबाले एक महिना देखि त्यही स्थानमा पंचधुनी तापेर बस्ने गरेका छन। नागाबाबालाई दर्शन गर्दा इच्छाशक्ति प्राप्ति हुने र पाप नास हुने भन्दै भक्तजनहरु त्यहा आउने गरेका हुन ।स्थानीय प्रशासनले पटकपटक यज्ञ रोक्न आग्रह गर्दा समेत नमानेपछि बुधबार राति ईलाका प्रहरी कार्यालय मुर्तियाले डिजे र माईक जफत गरेको थियो । स्थानीय प्रशासनले लडडाउनको बेला कुनै कार्य नगर्नु नगराउनु भनेपनि त्यस विपरीत मेला लागि रहेको छ  ।
धार्मिक यज्ञमा धेरै मानिस एकैपटक जमघट हुनेहुदा कोरोना भाइरसको संक्रमण हुने भन्दै स्थानीय चिन्तीत बनेका छन । भीडभाडको कारण कोरोना संक्रमणको जोखिम उच्च रहेकाले धार्मिक मेला र यज्ञ स्थगित गर्नु पर्ने उनीहरुको माग छ ।मेला स्थल राष्ट्रिय वन भएकाले अतिक्रमण गरि मेला लगाउन नहुने भन्दै एक पटक मेला हटाएको सव डिभिजन वन कार्यालय जानकीनगरका सहायक वन अधिकृत सुवासचन्द्र साहले बताउनु भयो । तर सरकारले जारी गरेको लकडाउनलाई वेवास्था गरि यज्ञ लागि रहेको छ ।
 

सम्बन्धित समाचार