वाईसियल नेपाल सर्लाहीद्वारा शुभकामना आदान प्रदान र तेस्रो विस्तारित वैठक सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-१४ गते   १३६६ पटक हेरिएको

नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ्ग कम्यूनिष्ट लिग (वाईसियल) नेपालले नेपालीहरुको महान चाड वढा दशैँ र दिपावली,छठ र इद  पर्वको शुभकामना आदान प्रदान तथा विस्तारित बैठक सम्पन्न गरेको छ ।
शुक्रवार बागमती नगरपालिकाको सभाहलमा संगठनको तेस्रो जिल्ला विस्तारित बैठक तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।वाईसियल नेपालका केन्द्रिय सचिव समिर बराईलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपालीहरुको महान पर्व विजया दशमी,शुभ दिपावली,छठ,ईद लगायतको अवसरमा शुभकामना आदान प्रदान गरिएको संगठनका जिल्ला अध्यक्ष नरेश ग्राङजा मगरले जानकारी दिए ।
यसैविच संगठनले सोही अवसरमा जिल्ला कमिटिको तेस्रो विस्तारित बैठक समेत सम्पन्न गरेको छ । माओवादी केन्द्र हरिवन नगर कमिटि अध्यक्ष अर्जुन पन्तको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा योङ्ग कम्यूनिष्ट लिग(वाईसियल) नेपालका जिल्ला कमिटिका पदाधिकारी लगायतको उपस्थिती रहेको संगठनका जिल्ला अध्यक्ष ग्राङजा मगरले बताए । त्यस्तै कार्यक्रममा आशन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको विषयमा समेत चर्चा भएको थियो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech