लालबन्दी साझेदारीमा महिला नेतृ यादव निर्वाचित

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-४-७ गते   ४९६ पटक हेरिएको

लालबन्दी साझेदारकाे अध्यक्षमा निर्वाचित भएकि यादव

सर्लाहीको लालबन्दी  साझेदारी वन उपभोक्ता समितिको अध्यक्षमा  अन्जुदेवी यादव विजयी भएकी छन् ।शनिबार मतदान भई सुरु भएको मतगणनाकाे आईतबार नतिजा आएकाेमा साझेदारीकाे अध्यक्षमा यादव विजयी भएकी डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ ।
यादवले प्रतिस्पर्धीलाई १७ मतको पराजित गरेकी हुन ।यादवले दुई सय ३५ मत ल्याई विजयी हुँदा उनका प्रतिस्पर्धी लालबाबु यादवले दुई सउ १८ मत  प्राप्त गरेका डिभिजन वन कार्यालय सर्लाही सुचना अधिकारी राकेश रन्जन दासले जानकारी दिए । उनका अनुसार कविलासी नगरपालिका १० निवासी यादव जनता समाजवादी पार्टी(जसपा) कि नेतृ हुन भने उनकाे पक्षमा  नेकपा( माओवादी केन्द्र),नेकपा(एमाले), नेकपा (एकीकृत समाजवादी) लोकतान्त्रिक समाजवादी पार्टी(ला्सपा),राष्ट्रिय प्रजातन्त्र पार्टी( राप्रपा) र नेपनल कम्युनिस्ट पार्टी
विप्लव समुहकाे  दुई उम्मेदवारकाे मत बराबरी भएकोले  पुनः मतदानको तयारी गरिएको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ । यस्तै,खुल्ला सदस्यहरुमा रामदरेश राय,माधव सरकार,अवधकिशोर साह,रमेश राय यादव,दयाराम यादव,रामविश्वास यादव र हरेन्द्रकुमार यादव विजयी भएका छन् ।
यसैगरी, मधेशी सदस्यमा जगदेव महतो,दलित सदस्यमा चन्द्रिका विश्वकर्मा,आदिवासीमा मानविर माझी,महिला सदस्यमा रुवी देवी,गीता देवी र पद्मकुमारी ठोकर विजयी भएका डिभिजन  वन कार्यालय सर्लाहीले जनाएको छ ।
लालबन्दी साझेदारी वनको क्षेत्रमा पर्ने १० वटा पालिकाका ७८ वडाबाट ७ जनाले दरले छानिएर आएका प्रतिनिधिले मतदानमा भाग लिएका थिए । साझेदारीमा १६ जना पदाधिकारीहरु र सदस्यहरुका चयन हुने छन् भने सदस्य सचिवमा वन कार्यालयका अधिकृत रहने व्यावस्था रहेकाे छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech