लालबन्दी १५ शिर कालिन्जोरको जनता मा.वि.का २० जना विद्यार्थीहरुलाई विद्यालय पोशाक र शैक्षिक सामाग्री सहयोग

158 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १५ स्थित रहेको जनता मा.वि. शिर कालिन्जोरका २० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरुका साथै विद्यालय शोपाक वितरण गरिएको छ ।लालबन्दी नगरपालिका १५ शिर कालिन्जोर स्थित रहेको  जनता मा.वि.मा अध्यायनरत जेहेन्दार २० जना विद्यार्थीहरुलाई २० जोर विद्यालय पोशाक र सय थान कापि वितरण गरिएको समाजसेवी जित बहादुर थोकर (अरुण)ले जानकारी दिए ।
उनका अनुसार नेकपा(माओवादी केन्द्र) निकट योङ्ग कम्युनिष्ट लिग (वाईसिइल)नेपालका सचिव समीर बराईली,स्थानीय माओवादी केन्द्रका नेता टीका दर्लामी मगर र नेकपा(माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल सर्लाहीका संस्थापक उपा अध्यक्ष राजेश थापा मगर लगायतको उपस्थितिमा विद्यालय पोशाक र शैक्षिक सामाग्री वितरण गरिएको हो ।

सम्बन्धित समाचार