Close This

डिसहोमद्धारा डिलर दाईहरुसंग  छलफल 

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-११-८ गते   ५९५ पटक हेरिएको

सर्लाहीको लालबन्दीमा डिसहोमले सर्भीस फ्रेन्स्चाईज एण्ड डिलर दाईहरुसंग  छलफल गरेको छ ।
डिस होम डिलरका डिलर दाईहरुलाई डिस होमले दिने स्कीम तथा बोनस र थप सेवा सुविधाका विषयमा छलफल भएको हो । ५२ वटा डिसहोमका डिलरदाईहरु मध्ये सर्लाहीमा आधिकारीक विक्रेता ३ वटा रहेका छन । जस मध्ये बागमतीको होसन्ना सोलार एण्ड इलेक्ट्रोनीक्सका सञ्चालक धनलाल थोकरलाई  उत्कृष्ट सेवा सुविधा दिएको भन्दै सम्मान गरिएको हो । भने उत्कृष्ट  ३ आधिकारीक बिक्रेतालाई सम्मान गरिएको सेल्स अफिसर शिव निरौलाले जानकारी दिनु  भयो ।
लालबन्दी नगरपालिका ७ को श्रेष्ठ होटलमा भएको छलफलमा डिसहोमका ईन्टरनेस्नल मेनेजर जेवी गुरुङ्ग,एरिया सेल्स मेनेजर संजिब कार्की,आफ्टर सेल्स  कोर्डीनेटर शंकर बस्नेत,डिसहोम सर्भिस सेन्टर जनकपुरका सुपरभाईजर शिवराम मण्डल लगायत सर्लाही जिल्लाका विभिन्न स्थानमा रहेका डिस होम डिलरका डिलर दाईहरु तथा ग्राहकहरुको विशेष उपस्थिती रहेको सर्लाही टिभीघरका सञ्चालक सुभाष दाहालले जानकारीदिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech