रौतहट सर्लाही यातायात प्रा.लि.को छैठौं तथा जनकपुर यातायात जिप टेम्पो व्यवसायी संघको २६ औँ वार्षिक साधारण सभा एकैसाथ सम्पन्न भएको छ।संस्थाको अध्यक्ष राजेश कुमार मैनाली(राजकुमार)को अध्यक्षता एवम जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक रजोस घिमिरेको प्रमुख आतिथ्यतामा सर्लाहीको लालबन्दीमा दुवै संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सवारी साधन सञ्चालन गर्दा ट्राफिक नियमको पालना गरि सवारी दुर्घटना न्युनिरकण अभियानमा सहयोग गर्न कार्यक्रमका प्रमुख अतिथि एवम जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक घिमिरेले यातायात व्यवसायीहरुसंग आग्रह गरे ।
दुर्घटना न्यूनिकरण तथा ट्राफिक नियमको पालना गराउँदा हुने चेकजाँचलाई अनावश्यक रुपमा नलिन र नियम पालना गराउने विषयमा प्रहरीलाई सहयोग गर्न सबै यातायात व्यवसायीहरुका साथै सवारी चालकहरुसंग जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक घिमिरेले अनुरोध गरे ।म्याजिक,सुमो र सायस गरी करिब तीन सय वटा सवारी साधनहरु संघमा आवद्ध भएका छन् ।
इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख एवा प्रहरी निरीक्षक सुजन पाठक,लालबन्दी नगरपालिका ७ का वडाध्यक्ष कृष्ण कुमार कार्की (गोपाल) लगायत यातायात व्यवसायीहरुको विशेष उपस्थितिमा दुवै संस्थाको साधारण सभा एकैसाथ सम्पन्न भएको हो ।