वि.पी.राजमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा रोक

199 Shares

जिल्ला प्रशासन कार्यालय,सिन्धुलीले वि.पी.राजमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको छ।बाढी,पहिरो,कटान,गेग्रान बहाव तथा डुबानको उच्च जोखिम रहेकाले वि.पी. राजमार्गमा रात्रिकालीन यातायात सञ्चालमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय, सिन्धुलील जनाएको छ।वि.पी.राजमार्ग (विशेष गरी खुर्कोट–नेपालथोक–काटुन्जे बेसी खण्ड)भएर काठमाडौं आउने–जाने यात्रुहरूले अत्यन्त जरुरी काम भएमा मात्र यात्रा गर्न साथै,यात्रा गर्नुअघि राजमार्ग सञ्चालनमा छ वा छैन भन्ने यकिन गरेर मात्रै यात्रा जिल्ला प्रशासन कार्यालय सिन्धुलीले अनुरोध गरेको छ ।

WhatsApp Image 2026-07-17 at 12.07.30 AM.jpeg
वि.पी.राजमार्ग (खुर्कोट–नेपालथोक–काटुन्जे बेसी खण्ड) मा साँझ ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सवारी साधन सञ्चालनमा लगाइएको रोक कायमै रहेकाले उक्त समयमा सो खण्डमा सवारी साधन नचलाउन एक सूचना नै जारी गरेर अनुरोध रिएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताईन्।उनले  अचानक बाढी आउन सक्ने नदी वा खोलाहरू भएर यात्रा नगर्न साथै नदी किनारका बस्तीमा बसोबास गर्नेहरूले विशेष सावधानी अपनाउन तथा डुबानको जोखिममा रहेका बस्तीका बासिन्दाहरूले अग्ला र सुरक्षित स्थानहरूको पहिचान गरी आफू सु–सूचित रहन पनि अनुरोध गरिन् ।

सम्बन्धित समाचार