हलुवाई जातिको उत्थान,एकता,जातिय पेश संरक्षण,र जातिय संगठन विस्तारका लागि भन्दै मधेश प्रदेशका हलुवाई सेवा समाज नेपाल मधेश प्रदेश जनजागरण अभियानमा निस्केको छ ।हलुवाई सेवा समाज नेपाल मधेश प्रदेशले असोज ५ गते सप्तरीबाट सुरु गरेको जन जागरण अभियान पुर्व पश्चिम राजमार्ग हुँदै पर्सा पुगेर पर्साबाट हुलाकी राजमार्ग हुँदै असोज १० गते जनकपुर पुगेर कोण सभामा परिणत भएर सकिने समाजका मधेश प्रदेशका महासचिव २०८३ पुस १० र ११ गते सुनसरीमा हुने राष्ट्रिय महाधिवेशनका लागि भन्दै घनश्याम राज साहले जानकारी दिए ।
उनका अनुसार हलुवाई जातिलाई जनजातिमा समावेश गराउन भन्दै सरकारको पटक पटक ध्यानाकर्षण गराएको भएपनि वेवास्था गरिएकाले दवाव सृजना गराउन र पुस १० र ११ गते हुने केन्द्रीय महाधिवेशन लक्षित गरि संगठन विस्तार स्वरुप मधेश प्रदेश जनजागरण अभियान सञ्चालन गरिएको हो ।मधेश प्रदेश अध्यक्ष राम शंकर साहको नेतृत्वमा सप्तरीबाट सुरु भएको मधेश प्रदेश जनजागरण अभियानले हलुवाई जातिको एकता र संगठन विस्तारका साथै जातिय पेशागत काम संरक्षणमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।