Close This

इश्वरपुर र हरिपुर नगरपालिकालाई स्वासथ्य सामाग्री सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-१६ गते   १८८ पटक हेरिएको

सर्लाहीका दुई स्थानिय निकायलाई स्वासथ्य सामाग्री सहयोग प्राप्त भएको छ । जिल्लाका  ईश्वरपुर र हरिपुर नगरपालिकालाई स्वास्थ्य सुरक्षा सामग्री प्राप्त भएको हो ।
सेभ द चिल्ड्रेनको सहयोगमा ग्रामीण नारी उत्थान संघले आईतबार ईश्वरपुर र हरिपुर नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको हो । कोरोना भाईरस संक्रमण फैलन नदिन नगरपालिकाले चालिरहेको अभियानलाई टेवा पुगोस् भन्दै संघले स्वास्थ्य सामग्री सहयोग गरेको संघका उपाध्यक्ष विष्णु चालिसेले जानकारी दिनु भयो ।


‘आफूँ बँचौ र अरुलाई पनि बचाँऔ’ भन्ने मूल नारा सहित कोरोना विरुद्ध सामुदायिक अभियान अन्र्तगत संघले ईश्वरपुर नगरपालिकालाई बिरामी राख्ने बेड ६ थान, सर्जिकल ग्लोब्स ६० थान, एन्टीजेन टेस्ट किट ५ सय थान, औषधी छर्ने टयाङ्की १ थान ,सर्जिकल मास्क ५ सय पिस तथा पल्स अक्सीमिटर ३ थान सहयोग गरेको हो ।
 त्यस्तै, हरिपुर नगरपालिकालाई पनि बिरामी राख्ने बेड ३ थान, सर्जिकल ग्लोब्स ६० पिस, एन्टीजेन टेस्ट किट ४ सय पिस , औषधी छर्ने टयाङ्की १ थान, सर्जिकल मास्क ५ सय पिस तथा पल्स अक्सीमिटर २ थान सहयोग गरेको संघका सचिव सूर्य चालिसेले बताउनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech