सर्लाहीको लालबन्दी नगरपालिका २ बाट प्रहरीले ठुलोपरिमाणमा लागु औषध सहित २ जनालाई नियन्त्रणमा लिएको छ । लालबन्दी नगरपालिका २ बाट WINCIREX -100 ml को १६६ बोतल, NITRAVET-10 नामक ४५० ट्याब्लेट, DIALEX-DC 100ml को ८७ बोतल लागुऔषध र एउटा अटो नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक नारायण थापाले जानकारी दिनु भयो।
असोज ४ गते राती करिब १० बजेको समयमा प्रहरीको गस्ती टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा लालबन्दी नगरपालिका २ बाट WINCIREX -100 ml को १६६ बोतल, NITRAVET-10 नामक ४५० ट्याब्लेट, DIALEX-DC 100ml को ८७ बोतल लागुऔषध र एउटा ना. १ ह ७३१५ नं. को अटो र त्यसका चालक र अटोमा सवार गरि २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
ना. १ ह ७३१५ नंम्बरको अटोलाई शंका लागि चेकजाँच गर्दा अटोमा लुकाई छिपाइ ल्याउदै गरेको लागु औषध,अटो र अटोका चालक र अटोमा सवार गरि २ जनालाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक थापाले बताउनु भयो ।
लागु औषध सहित नियन्त्रणमा परेका वरथवा नगरपालिका ४ का अनन्त कार्की र हरिपुर नगरपालिका ८ का श्याम सुन्दर दासलाई प्रहरीलेनियन्त्रणमा लिएर आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।