Close This

सर्लाहीको मोहनपुरका असई सहनी निलम्बीत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-२३ गते   २९३ पटक हेरिएको

 सर्लाहीको एक जना प्रहरी सहायक निरिक्षक निलम्बनमा परेका छन । चन्द्रनगर गाउँपालिका ५ मोहनपुर प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक सुरेश सहनी निलम्बनमा परेका हुन् । प्रदेश २ प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक(डिआइजी) धिरजप्रताप सिंहले असई सहनीलाई निलम्बन गरेका गर्नु भएको हो ।
असई सहनीको व्यक्तिगत आचरण तथा व्यवहार नेपाल प्रहरीको व्यवसायिक नीति विरुद्ध भएको यथेष्ट प्रमाण भेटिएकाले तत्काल निलम्बन गरेर कारबाही प्रकृया अगाडी बढाईएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । जिम्मेवारीमा राखेरै कारबाही प्रकृया अगाडी बढाउँदा आवश्यक पर्ने सबुत प्रमाणहरु नष्ट पार्न सक्ने सम्भावना रहेकाले निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको हो ।

२ नम्बर प्रदेश सशस्त्र प्रहरी गण गुल्म नम्बर ३ जनकपुर दरबन्दी भएका असई सहनी मोहनपुर प्रहरी चौकीमा काजमा खटिएका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जिम्मेवारी सम्हालेयता सिमरा फेनरा प्रहरी चौकीका असई सहित ४ जना प्रहरी यसअघि नै निलम्बनमा परिसकेका थिए ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech