Close This

फार्म दिवशको अवसरमा २ कृषक सहित ५ सम्मानीत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-११-२९ गते   ५३८ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका  ५ मा रहेको घांसेबाली अनुवांशिक स्रोत केन्द्रले आफ्नो ३८ औँ फार्म डे मनाएको छ ।  फर्मले दिवशको अवसरमा उत्कृष्ट २ जना कृषकहरु र ३ जना भुतपुर्व कर्माचारीहरुलाई सम्मान समेत गरेको छ । 


सम्मानीत हुनेमा साना किसान कृर्षि सहकारी संस्था ली हरिभवनका व्यावस्थापक प्रेम बहादुर थापा र कालीका घांसउत्पादक कृषक समुहका अध्यक्ष खेहरु साह रहेका छन भने भुतपुर्व कर्माचारीहरुमा खरदार विष्णु प्रसाद न्यौपाने,राम प्रसाद कोइराला र कार्यलय सहयोगी बहादुर चौधरी रहेका घांसेबाली अनुवांशिक स्रोत केन्द्रका पशु विकाश अधिकृत राम शंकर यादवले जानकारी दिनु भयो । सम्मानीत हुने पाचै जनालाई दोसल्ला तथा प्रमाण पत्रले सम्मान गरेको कार्यलयले जनाएको छ ।
घांसेबाली अनुवांशिक स्रोत केन्द्रको आफ्नै सभाहलमा भएको कार्यक्रममा घांसेबाली अनुवांशिक स्रोत केन्द्रका कार्यालय प्रमुख सुवल साहको अध्यक्षतामा भएको कार्यक्रममा पशु सेवा विभागका महा निर्देशक डा.वंशि शर्माको प्रमुख आतिथ्यता रहेको कार्यलयले जनाएको छ । हरेक वर्ष फार्म दिवशको अवसरमा फार्मले विभिन्न कार्यक्रमहरु गर्ने गरेको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech