सुकुम्बासी महिलाको हक र संयुक्त लाल पूर्जा पाउनुपर्ने राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल सर्लाहीले माग गरेको छ।११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मञ्चले आयोजना गरेको कार्यक्रमका महिला वक्ताहरुले सुकुम्बासी महिलाको हक र श्रीमान श्रीमती दुबैको नाममा लाल पूर्जा हुनुपर्ने माग राखेका हुन ।

सर्लाहीको बागमती नगरपालिका १ स्थित मञ्चको कार्यालयमा भएको कार्यक्रममा मञ्च सर्लाहीकी अध्यक्ष भवानी घिमिरेको अध्यक्षता एवम नेकपा(माओवादी केन्द्र)की नेतृ विनिता दाहाल, मञ्चका पूर्व अध्यक्ष जितबहादुर गोले,हिम शिखर महिला बचत तथा ऋण सहकारी संस्था लि.की सरिता ठकुर लगायतका महिलाहरुको विशेष उपस्थिति रहेको थियो ।
११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मञ्चले हरिपुर नगरपालिका १ की मिरण शाही र संयुक्त पूर्जा बनाउने डिल्लीराम नेपाली र गुञ्ज माया नेपालीलाई सम्मान समेत गरेको मञ्च सर्लाहीकी अध्यक्ष घिमिरेले जानकारी दिईन् ।मञ्चले“आन्दोलनमा महिला,भूमि चाहियो पहिला”भन्ने नारा सहित कार्यक्रम सम्पन्न गरेको हो ।