सर्लाहीको लालबन्दी नगरपालिका–५ का तीन जना र लालबन्दी नगरपालिका–९ का दुई जना गरी पाँच जनाको हिन्दू परम्परा अनुसार कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ।रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको बाढीमा परेर बेपत्ता भएका लालबन्दीका यी पाँच जना पनि वेपक्ता भएका थिए ।
गत भदौ १० गते गोसाईंकुण्ड तीर्थयात्रामा जाने क्रममा भोटेकोसी नदीमा आएको अप्रत्याशित बाढीमा परी लालबन्दी नगरपालिका–५ का द्वारिका प्रसाद दंगाल,कृष्ण प्रसाद धमला र चिरञ्जीवी खतिवडा तथा लालबन्दी नगरपालिका–९ का माधव काफ्ले र उनका छोरासहित पाँच जना बेपत्ता भएका थिए।
बाढीपछि विभिन्न माध्यमबाट खोजतलास गरिए पनि उनीहरू फेला पर्न नसकेपछि परिवारले हिन्दू धर्म परम्पराअनुसार कुशको शव बनाएर अन्त्येष्टि गरेका हुन।वेपत्ता भएको लामो समयसम्म खोजी गर्दा समेत कुनै पत्तो नलागेपछि बागमती नदीमा उनीहरूको कुशको शव बनाएर अन्त्येष्टि गरिएको पीडित परिवार जनाले बताएका छन् ।