लाइसेन्स कार्ड आवश्यक छैन ः एमाले अध्यक्ष एवम प्रधानमन्त्री ओली

363 Shares

नेकपा(एमाले)का अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमति पत्र(लाईसेन्स)का लागि ट्रायल(प्रयोगात्मक)परीक्षा पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको बताएका छन् ।नागरिक एप मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने गरी व्यवस्था गरिएको उनको भनाइ छ ।सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको समेत उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत उल्लेख गरेका छन् ।“सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुने झन्झट हटेको छ।”एमाले अध्यक्ष एवम प्रधानमन्त्री ओलीको भनाइ छ ।
आइतबार(आज)देखि बागमती प्रदेश यातायात व्यवस्था कार्यलयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुने उनले  आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।यस्तै नागरिक एपमा अरु सेवा पनि थप्ने तयारी गरिएको उनको भनाइ छ। “कुनै पनि कामको लागि लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा हामी लागेका छौँ,नागरिकलाई छिटो र सहज रुपमा सेवा प्रवाह गर्न यसले सहयोग पुग्ने विश्वाु लिईएको छ । ”एमाले अध्यक्ष एवम प्रधानमन्त्री ओलीले लेखेका छन् ।

सम्बन्धित समाचार