मानव सेवा आश्रममा प्रहरी उपरिक्षक प्रसाई दम्पतीद्धारा आर्थिक सहयोग

3.4k Shares

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाईंले आफ्ना स्वर्गीय पिताको स्मृतिमा मानव सेवा आश्रमलाईआर्थिक सहयोग गर्नु भएको छ ।
आफ्ना स्वर्गीय पिताको स्मृति दिवशको अवसरमा हरिवन नगरपालिका ८ मा रहेको मानव सेवा आश्रमलाई प्रहरी उपरिक्षक प्रसाईं र उहाँकी पत्नी भावना प्रसाईंले आश्रमलाई रु ११ हजार नगद सहयोग गर्नु भएको हो ।
आश्रममै पुगेर आफ्ना स्व.पिता बद्री प्रसाईंको ६ महिने पुण्यतिथिको अवसरमा आश्रमलाई नगद रु ११ हजार सहयोग प्रदान गरेका प्रहरीउपरिक्षक प्रसाईले जानकारी दिनु भयो । सो अवसरमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र उहाँकी पत्नी ज्ञानु गौतम,शसस्त्र प्रहरी बल १० नम्बर हे.क्वागण सर्लाहीका शसस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी उपरीक्षक भरत खनिया तथा उहाँकी पत्नी प्रगती खनिया, राष्ट्रिय अनुसन्धान सर्लाहीका उपनिर्देशक चन्दन कुमार झा, अनुराधा पौडेल लगायतको उपस्थिति रहेको मानवसेवा आश्रमकी संयोजक सम्झना अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार अतिथिहरुले आश्रममा आश्रितहरुलाई भोजन समेत गराउनु भएको छ । उहाँका अनुसार आश्रममा हाल ६७ जना भन्दा बढी सडक मानवहरु आश्रित रहेको छन् ।

सम्बन्धित समाचार