जिल्ला कारागार सिन्धुलीबाट फरार भएका चार सय ७१ जना कैदी वन्दी मध्ये दुई सय ५४ जना कैदी वन्दी पक्राउ परेका छन्।भदौ २३ र २४ गतेको “जेन जी”पुस्ताको आन्दोलनको बाहनामा कारागार कार्यालय तोडफोड गरेर फरार भएका मध्ये दुई सय ५४ जना कैदी वन्दी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।कार्यालयका अनुसार भागेका कैदी वन्दीलाई बर्दिबास,खुर्कोट तथा सिन्धुलीका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो।भने दुई जना कैदी वन्दीलाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको छ ।
फरार भएका मध्ये धेरैजसो कैदी वन्दी आफैं कारागारमा उपस्थित भएका र केहीलाई सुरक्षाकर्मीहरूले पक्राउ गरी ल्याएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए।उनका अनुसार बाँकी भागेका कैदी वन्दीहरूको खोजी कार्य जारी रहेको छ।परिस्थिति असामान्य भएकै कारण कारागारबाट भाग्न बाध्य भएको फर्किएका कैदी वन्दीहरूले बताएका कारागार प्रशासनले जनाएको छ ।