मदन भण्डारी राजमार्गमा हाईलक्स दुर्घटना हुँदा चार जना घाईते

210 Shares

मदन भण्डारी राजमार्ग अन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका १३ माथिल्लो रानिबासमा सवारी दुर्घटना हुँदा चार जना घाईते भएका छन् ।झापाबाट भिमान तर्फ आउँदै गरेको बा १८ च ९८८३ नम्बरको हाईलक्स गाडी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा काठमाण्डौंको काठमाण्डौं महानगरपालिका ९ का अन्दाजी वर्ष ५३ की लक्ष्मी कार्की सोही ठाउँकी अन्दाजी वर्ष ५६ की रिना सिंह,अन्दाजी वर्ष ४५ की लक्ष्मी कटुवाल र अन्दाजी वर्ष ४३ की लक्ष्मी सिंह घाईते भएकी जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिए ।
उनका अनुसार दुर्घटना भएको हाईलक्सका चालक काठमाण्डौं महानगरपालिका ९ का अन्दाजी वर्ष ५४ का ओम नारायण सिंह सकुशल रहेका छन् ।तिब्रगतिमा रहेको हाईलक्स गाडी आफै अनियन्त्रित भई सडकको दायाँ साइडमा रहेको विजुलीको पोलमा ठोक्किन गई दुर्घटना भएको र घाईतेहरुलाई उपचारको लागि जनसेवा अस्पताल बर्दीबास तर्फ पठाएको साथै चालक सिंह उपचारमा संलग्न रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सम्बन्धित समाचार