Close This

सर्लाहीमा कोरोना संक्रमितको संख्या ५३५, निको हुनेको संख्या १३६

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-३-५ गते   ३७४ पटक हेरिएको

 जिल्लामा ५ जना कोरोना संक्रमित थपिएका छन । जिल्लाकोे गोडैता नगरपालिकाका ३ र   चक्रघट्टा गाउँपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ५ सय ३५ पुगेको छ ।
शुक्रबार गोडैता नगरपालिकाका १६, २० र २३ वर्षका पुरुष र चक्रघट्टा गाउँपालिकाकी ९ वर्षीया एक बालिका र १९ वर्षीय एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनु भयो । गोडैता र चक्रघट्टा गाउँपालिकामा गरि ५ जना कोरोना संक्रमित थपिए पछि जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ५ सय ३५ पुगेको हो ।
त्यसैगरी जिल्लाको पहिलो कोरोना विशेष अस्थायी अस्पताल सन्त अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षबाट २ महिला र ३५ जना पुरुष गरी कुल ३७ जना कोरोना संक्रमतिहरु उपचार पश्चात डिस्चार्ज भएका छन् ।

अब जिल्लामा १ सय ३६ जना कोरोना संक्रमतिहरु उपचार पश्चात डिस्चार्ज भएका छन् । भने बाँकी रहेका ३ सय ९९ जना कोरोना संक्रमितहरुको जिल्लाका विभिन्न स्थानिय निकायले तयार पारेका आईसोलेसन कक्षहरुमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिनु भयो ।
जिल्लामा हाल सम्म देखा परेका कोरोना संक्रमित सबै छिमेकी देश भारतमा रोजगारीको सिलसिलामा गएका र कोरोनाका कारण रोजगारी गुमेपछि गाउँ फर्किएका नागरीकहरु रहेका जिल्लाका स्थानिय निकायहरुले बताएका छन । जिल्लामा २० स्थानिय निकाय रहेका भएपनि हाल सम्म लालबन्दी नगरपालिका बाहेक १९ स्थानिय निकायका गरी कोरोना संक्रमित हुनेको संख्या ५ सय ३५ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ ।
देशकै सबैभन्दा धेरै २० स्थानिय निकाय रहेको जिल्लामा ११ नगरपालिका र ९ गाउँपालिका रहेका छन जस मध्ये हाल सम्म पनि लालबन्दी नगरपालिका सुरक्षित रहेको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो । नगरपालिकाले तयार गरेको क्वारे्न्टाईनमा हाल ४५ जना बसी रहेका छन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech