Close This

पुरातात्विक विभागलाई सर्लाहीमा स्वागत छ ः अध्यक्ष पन्त

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-१२ गते   ४५५ पटक हेरिएको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सर्लाहीका अध्यक्ष रेबती पन्तले सर्लाहीको मूर्तिया क्षेत्रमा पुरातत्व विभागको टोली ल्याएर अध्ययन गराउने वताउनुभएको छ । हरिपुर नगरपालिका 9 हजारि विगाहमा पोखरी खन्दै गर्दा भेटिएको पुरातात्विक महत्वका आकृतिहरु अवलोकन पछि अध्यक्ष पन्तले यस्तो वताउनु भएको हो ।
मूर्तिया क्षेत्रको धेरै स्थानमा यस्ता पुरातात्विक महत्वका वस्तुको खोजी जरुरी भएकाले आफुले पुरातत्व विभागलाई आउन आग्रह गरेको उहाँले वताउनुभएको छ । उहाले एक साता भित्रै पुरातत्व विभागको टोली आउने पनि दावी गर्नुभयो ।
पोखरी खन्ने क्रममा नजिकै रहेको माटोको ढिस्को सम्याउने क्रममा तीन तला भएको शिवलिंग र अन्य आकृतिका सामाग्री भेटिएका स्थानीय बासीले बताएका छन ।  पोखरी नजिक भेटिएका मुर्तिहरु अवलोकन गर्न आउनु भएका अध्यक्ष पन्तले स्थानीयवासीलाई सम्वोधन गर्दै त्यस क्षेत्रमा देखिएको विद्युत, वाटो र अन्य समस्या समाधान गर्न पनि आफु लागि पर्ने वताउनुभएको नेकपाका नेता चूडामणि वाग्लेले जानकारी दिनु भयो ।
मुर्तियामा ऐतिहासिक मुक्तेश्वर महादेवको मन्दिर रहेको छ भने विभिन्न स्थान उत्खननको क्रममा पुराना धार्मिक सामाग्री भेटिने गरेका छन । पोखरी खन्ने क्रममा भेटिएको शिवलिंग र अन्य आकृतिलाई सुरक्षित गर्दै आफुहरुले पुजाआजा सुरु गरेको चक्रेश्वर महादेव मन्दिर संरक्षण समितीका अध्यक्ष रिऋी महतोले जानकारी दिनुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech