सशस्त्र प्रहरीको रिजर्भ गण बर्दिबासमा स्थापना

2.5k Shares

महोत्तरीको बर्दिबास नगरपालिका ४ मा सशस्त्र प्रहरीले सीमा नाकाको सुरक्षाका लागि भन्दै ‘रिजर्भ गण’ स्थापना गरेको छ ।सशस्त्र प्रहरीको प्रदेश २ कार्यालय प्राङ्गणमै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३९ ‘रिजर्भ गण’ को हेड क्वाटर स्थापना गरिएको हो । उक्त गणको सशस्त्र प्रहरीका प्रदेश प्रहरी प्रमुख डीआईजी कृष्णभक्त ब्रम्हचार्यले उद्घाटन गर्नु भएको छ ।

नेपाल सरकारले गत असार २९ गते सीमा नाकाको सुरक्षा, त्यसको व्यवस्थापन र जनशक्ति परिचालनका लागि काम गर्न भन्दै ‘रिर्जभ गण’ को स्थापना गर्ने निर्णय गरे बमोजिम यो गणको स्थापना गरिएको डीआईजी ब्रम्हाचार्यले बताउनु भयो । उहाँका अनुसार गणले विपद् व्यवस्थापन, राहत तथा उद्धार, सीमामा हुने क्रियाकलापहरुको बारेमा काम गर्नेछ ।

गणमा उपरीक्षक सुरेन्द्र बुढाथोकीको नेतृत्वमा ६ सय २१ जना जनशक्ति परिचालन हुनेछन् । बर्दिबासबाहेक बारामा पनि रिजर्भ गणको स्थापना गर्ने तयारी गरि रहेको डीआईजी ब्रम्हाचार्यले बताउनु भयो ।यसैबीच सीमा सुरक्षाका लागि प्रदेश २ अन्तर्गत सर्लाही,सिरहा, सप्तरी, धनुषा, महोत्तरी, र बारामा नयाँ बीओपीहरु थप गरिने डीआईजी ब्रम्हाचार्यले बताउनु भएको छ ।

सम्बन्धित समाचार