Close This

हरिवनमा भएको सवारी दुर्घटनामा २ जना घाइते

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-२९ गते   १६५ पटक हेरिएको

सर्लाहीको हरिवनमा भएको सवारी दुर्घटनामा २ जना घाइते भएका छन् । हरिवन नगरपालिका ११ स्थितीपुर्व पश्चीम लोकमार्गमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा २ जना घाइते भएका हुन् ।
 पुर्वबाट पश्चिमतर्फ जाँउँदै गरेको ना ४ त ३०४३ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको बा ९२ प ७२५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा  मोटरसाइकल चालक हरिवन नगरपालिका ६ घुर्कौलीका ३० वर्षिय ईश्वर मैनाली गम्भिर घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका कार्यालय प्रमुख एवम प्रहरीउपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो ।
मैनालीको हरिवनमा प्राथमिक  उपचार गरि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौं स्थित ट्रमा सेन्टरमा लगिएको प्रहरीले जनाएको छ । भने मोटरसाइकलमा पछाडी सवार ५१ वर्षीय रमेश कार्की सामान्य घाइते भएका छन् । 
   दुर्घटनामा संग्लग्न ट्याक्टर र मोटरसाइकल ईलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक अवधेश कुमार यादवले जानकारी दिनु भयो । ठक्कर दिने ट्याक्टरका चालक फरार रहेको र उनको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech