Close This

रु १२ करोडमा निर्माणाधिन अवस्थामा रहेको पुल सामान्य बाढी मै भत्कीयो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-१६ गते   २३७७ पटक हेरिएको

सर्लाहीको लालबन्दी र इश्नरपुर नगरपालिका जोड्ने फुलजोर खोलामा निर्माणाधिन अवस्थामा रहेको पक्की पुल भांसिएको छ । लालबन्दी नगरपालिका ३ र इश्वरपुर नगरपालिका ८ को सिमाना रहेको फुलजोर खोलामा निर्माणाधिन अवस्थामा रहेको पक्की पुल मंगलबार रातिको बाढीका कारण भासिएको हो ।  
संघिय सरकारको रु १२ करोडको लागतमा आर्थिक वर्ष २०७५÷०७६ बाट निर्माण शुरु भएको पक्की पुल ढलानको काम सकिएको थियो । ढलानको काम सकिएको र फमर्मनिकाल्न बाँकी रहेको समयमा मंगलबार राती आएको बाढीका कारण करिब ४० मिटर पुल भासिएको छ । रु १२ करोडको लागतमा निर्माण हुनेपुलको लम्बाई करिब २ सय मिटर रहेको ठेकेदार मनोज कुमार साहले बताउनु भयो । पप्पु एण्ड शिवशंकर(जेभि)ले आर्थिक वर्ष २०७५÷०७६ बाट निर्माण शुरु गरि चालु आवमा निर्माण सम्पन्न गर्न भन्दै ठेकका लिएको थियो ।
पुल निर्माणको करिब ८०प्रतिशत काम सकिएको र बाँकी काम यहि महिना भित्रमा सकाउने तयारीमा रहेको ढेकेदार कम्पनीले करिब ४० मिटर पुल भासिदाँ करिब रु २ करोड घाचटा लागेको बताएको छ । सो पुल निर्माणको शुरुको वर्षमा पनि एक पटक बाढीले भत्काएको थियो । 
स्थानियका अनुसार ठेकेदारले गुणस्तरहिन काम गरेका कारण निर्माणाधिन अवस्थामा रहेको पक्की पुल पटक पटक भत्कीएको हो । यस अधि २०७६ सालमा पनि पुल सामान्य बाढीका कारण  भत्कीएको र अहिले पनि सामान्य बाढीका कारण भत्कीनु ठेकेदारले  गुणस्तरहिन काम गरेको भनन सकिने स्थानिय रामकैलाश चौधरीले बताउनु भयो । 
निर्माण कार्यमा ठेकेदारको कमिकमजोरी र असारमा पनि निर्माणको काम गर्दा पुल भासिएको स्थानिय धु्रव प्रसाद घिमिरेले बताउनुभयो । उहाँका अनुसार असारमा पानी परि रहेको समयमा पनि ठेकेदारल निर्माण कार्य गरेका कारण सोचे अनुसारको काम नभएको हुँदा पुल भासिएको हो ।
उक्त पुल निर्माण हुँदा लालबन्दी नगरपालिका ३ र ५ का साथै इश्वरपुर नगरपालिका ५ र ८ का स्थानियबासीलाई लालबन्दी बजार आउन जान सजह हुने आशा थियो तर पटक पटक पुल भासिँदा स्थानियबासी पनि चिन्तीत बनेका छन् । भने चालु आर्थिक वर्षमा निर्माण कार्य सकाउने दाउँमा रहेको ठेकेदार कम्पनी पनि अव ५÷६ महिना समय थप गर्नु पर्ने अवस्था सृजना भएकोबताउनु थालेको छ । जसका कारण पनि सो क्षेत्रका स्थानियबासी यस वर्ष पनि फुलजोर खोलाको बाढीमै हेलिएर लालबन्दी बजार आउन जान बाध्य भएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech