लर्ड व्राईटद्धारा अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा जनचेतनामुलक र्याली

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-२४ गते   ४३७ पटक हेरिएको

सर्लाही जिल्ला लालबन्दी नगरपालिका २ मा रहेको लर्ड व्राईट विजडम इन्टरनेस्नल इङग्लीस स्कुलका विद्यार्थीहरुले जनचेतनामुलक कार्यक्रम गरेका छन् । अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा लर्ड व्राईटमा कक्षा ९ र १० मा पढ्ने विद्यार्थीहरुले बुढेसकालमा आफ्ना बा आमाहरुलाई बृद्धसेवाश्रममा नपठाउन आग्रह गर्दै जनचेतनामुलक र्याली गरेका लर्ड व्राईटका प्रिन्सिपल वसन्त खड्काले जानकारी दिनु भयो ।
अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा लर्ड व्राईटमा कक्षा ९ र १०  मा अध्यायनरत विद्यार्थीहरुले “आमा,वुवालाई वृद्ध आश्रम नपठाउ,आमा बुवाको माया स्वर्गको छाँया, आमा बाबा प्रति हाम्रो कतव्र्य, आमाको माया कस्तो वर पिपलको छाँया जस्तो, मेरी आमा प्यारी आमा संसार देखाउने मेरी आमा , आमाको माया पिपलको छाँया बुवाको आश सन्तानको साहास जस्ता नारा लगाई बुवा आमालाई माया  गरौँ, वृद्ध आश्रम बन्द गरौँ” भन्ने जनचेतनामुलक नारा सहित र्याली गरेका हुन ।
लर्ड व्राईटमा अध्यायनरत विद्यार्थीहरु र शिक्षक गरि करिब करिब १ सय ६० जनाको संख्यामा रहेका उनिहरुले बढाउँदा हुर्काउँदाको साहारलाई बुढेसकालमा बृद्धसेवाश्रममा लगेर छाड्नुले आफ्नो नैतिकतामाथी पनि प्रश्न उठ्ने भन्दै बुढेसकालमा बृद्धाश्रम पठाउने होईन,बृद्धसेवा श्रम बन्द गर्नु पर्ने भन्दै र्याली गरेका हुन । आजबाट सुरु भएको जनचेतनामुलक  कार्यक्रम भोली(शनिबार) समापन गरिने लर्ड व्राईटका प्रिन्सिपल वसन्त खड्काले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech