Close This

१० महिनादेखि काजमा रहेका डिआईजीहरु बर्ष अवधि लम्ब्याउने चलखेलमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-१४ गते   १८७६ पटक हेरिएको

सशस्त्र प्रहरी बल नेपालका डीआइजीहरु १० महिनादेखि काजमा कार्यरत रहेका छन् । ६ महिना भन्दा बढी समय काजमा राख्न नपाउने ब्यवस्था रहेपनि हेर्डक्वाटरबाट दरवन्दी कायम हुन नसक्दा ७ जना डिआईजीहरु काजमै रहेका हुन । 
प्रदेश नम्बर १ का डीआइजी कमल गिरी, मधेश प्रदेशका गणेश बहादुर ठाडा मगर, बागमतीका किशोर प्रधान, गण्डकीका शम्भु सुवेदी, सुदूरपश्चिमका दुर्गा भट्टराई र ९ नम्बर बाहिनीका बंशी दाहाल गएको असोज ७ मा काज सरुवा भएर खटिएका थिए । उनीहरुलाई दरबन्दी कायम गराउन तर्फ गृहमन्त्री बालकृष्ण खाँणले चासो नराखेका पाइएकोछ । सशस्त्रका आइजीपी राजु अर्यालले उनीहरुको दरबन्दी कायम गर्न प्रयास गरे चुनावको समय आएकाले गृहमन्त्रालय सरुवा नै गर्ने पक्षमा पुगेको स्रोतले बताएको छ । 
१० महिनादेखि कार्यरत बाहिनीका डीआइजीहरु दरबन्दी नै कायम गराएर थप १ बर्ष अवधि लम्ब्याउने चलखेलमा लागेका छन् । डीआइजीबाटै अवकाश हुने भएकाले प्रदेशका डीआइजीहरु गिरी, मगर, प्रधान र नेम्वाङ एक बर्ष थप पद लम्ब्याउने र प्रदेशबाट आर्थिक स्थिति सुदृढ गराउने चाहनामा देखिएका छन् । उनीहरुले त्यसका लागि लबिङ पनि तीव्र पारिरहेका शसस्त्र प्रहरी स्रोतले बताएको छ ।
प्रदेशमा हाल कार्यरत डीआइजीहरुभन्दा जुनियर बिदुर खड्का,लक्ष्मणबहादुर सिंह र प्रदीप कुमार पालहरु १० महिना काजमा कार्यरत रहिसकेकाहरुलाई सरुवा गराएर आफू बाहिनी पति हुने चाहनामा रहेका छन् । 
कर्णाली प्रदेशका डीआइजी अभि खत्री एसएसपी हुँदा नै निमित्त डीआइजी भएका छन् ।

त्यसयता उनी लगातार कर्णालीको प्रमुखका रुपमा कार्यरत रहेका छन् । उनी करिब डेढ बर्षदेखि कर्णालीको बाहिनीपतिमा कार्यरत रहेका छन् । सुर्खेतमा तत्कालीन एसपी दिग बिजय सुवेदीसँगको रासन अनियमितता काण्डमा उनी समेत मुछिएका थिए । कांग्रेस नेता पूर्णबहादुर खड्काको आशीर्वादमा एसएसपी खत्री पुनः आकर्षक प्रदेशको बाहिनीपति हुने चलखेलमा लागेका हुन । भने धेरै जसो डिआईजीहरु एसएसपी हुँदा समेत सम्बन्धीत प्रदेशमा बसेका थिए । त्यतिबेलै देखि असुलीको स्वाद पाएका उनिहरु आफ्नो कार्यकाल लम्ब्याउने कार्यमा तल्लीन रहेका हुन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech