मलंगवा घटनाको सत्यतथ्य पत्ता लगाउन मधेशी आयोगको उच्चस्तरीय टोली सर्लाहीमा

510 Shares

 सर्लाही सदरमुकाम मलंगवामा भएको घटनाको सत्यतथ्य पत्ता लगाउन मधेसी आयोगले उच्चस्तरीय अनुगमन टोली सर्लाही पठाएको छ। विश्वकर्मा बाबा र गणेश चतुर्थिको मुर्ती सेलाउने क्रममा हिन्दु र मुस्लिम समुदाय वीच झडप भइ उत्पन्न भएको स्थिति प्रति गंभिरध्यानाकर्षण भएको बताउँदै आयोगले घटनास्थलमा अनुगमन टोली पठाएको हो । 
यस्ता घटनाहरुप्रति आयोग गम्भीर रहेको र दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन आयोगले समय–समयमा स्थानीय प्रशासनलाई आग्रह गरेको मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले बताए ।उनले यसबारे संघीय सरकार,प्रदेश सरकार तथा स्थानीय सरकारलाई समेत सचेत गराइएको बताए ।
आयोगले कानुन विपरित कार्य गर्ने जो–कोहीलाई पनि कानुनी दायरा भित्र यथाशिघ्र ल्याउन स्थानीय प्रशासनसंग आग्रह गरेको छ । आयोगले सो घटनामा घाइते भएकाहरुको उपचारको लागि तुरुन्त आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानकर्षण गराएको छ ।आयोगले अनुगमन टोलीलाई आवश्यक सहयोग गरिदिन समेत सबै सरोकारवालाहरुसंग आग्रह गरेको छ । 

सम्बन्धित समाचार