सर्लाहीका करिब एक दर्जन प्रहरी चौकीहरु असुरक्षाका कारण विस्थापित

327 Shares

सर्लाहीका विभिन्न स्थानका करिब एक दर्जन प्रहरी चौकीहरु विस्थापित भएका छन्।“जेन जी”पुस्ताको आन्दोलनको बाहनामा अराजक तत्वले गरेको हिँसात्मक आन्दोलनका कारण असुरक्षाका कारण बुधबार सम्म जिल्लाका एक दर्जन प्रहरी चौकीहरु विस्थापित भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।“जेन जी”पुस्ताको आन्दोलनको बाहनामा अराजक तत्वले गरेको हिँसात्मक आन्दोलनको समयमा सर्वसाधारणलाई सुरक्षा दिनुपर्ने सर्लाहीका प्रहरी चौकी एवम अस्थायी प्रहरी चौकीहरु विस्थापित भएका हुन् । 
बुधबार दिउँसोसम्म सर्लाहीको कविलासी,हरिपूर्वा,नारायणपुर,बहादुरपुर,संग्रामपुर,सोल्टी, राजघाट,हजरिया,कौडेना,मधुवनगोठ तथा पुर्व पश्चीम राजमार्ग अन्र्तगत इश्वरपुर नगरपालिका ५ फुलजोरमा रहेको प्रहरी चौकी फुलजोर,परवानीपुर र घारिबथान लगायत अस्थायी एवम स्थायी प्रहरी चौकीहरु विस्थापित भइसकेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार कतिपय प्रहरी चौकीहरुमा आन्दोलनकारीहरुले आक्रमणगरे पछि विस्थापित भएका हुन भने कतिपय सम्भावित जोखिमका कारण तत्कालका लागि विस्थापित गरिएको हो ।विस्थापित भएका प्रहरी चौकीहरुको स्थलगत अवलोकन गर्न प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ,नेपाली सेना कालिध्वज गण पाँचकुमारीका गणपति एवम प्रमुख सेनानी उमेश खड्का,सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा गण सर्लाहीका गणपति एवम शसस्त्र प्रहरी उपरीक्षक देव बहादुर चन्द लगायत सुरक्षा अधिकारीहरु पुग्दा स्थानियले आफने ठाउँको प्रहरी चौकी पुन स्थापना गरिदिन अनुरोध गरेका सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेलले बताए । पछिल्लो घटनाक्रमका कारण आइपरेको परिस्थितीले विस्थापित सुरक्षा इकाईहरुलाई पुनस्र्थापित गर्नका लागि आफ्नो तर्फबाट सक्दो पहलकदमी रहने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले बताएका छन्।आन्दोलनकारीहरु स्थानीय भन्दा बाहिरका बढी रहेका कारण स्थानीय भौतिक क्षेती भएको साथै प्रहरी ईकाईहरु विस्थापित हुनुपर्ने अवस्था सृजना भएको स्थानीय बताउँछन् ।

सम्बन्धित समाचार