Close This

दुई सवारी दुर्घटना हुँदा ४ जना घाइते

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-१४ गते   २७४ पटक हेरिएको

सर्लाहीको लालवन्दी नगरपालिका ६ स्थित पुर्व–पश्चिम लोकमार्गमा सवारी दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । पुर्ववाट पश्चिम तर्फ आउंदै गरेको बा.१२ प.३६११ नं को मोटरसाईकल र बिपरित दिशावाट जाँदै गरेको प्रदेश २–०२–००२ प २५९३ नं को मोटरसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकलका चालकहरु २ जना र सवार २ जना गरि ४ जना घाइते भएका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिनु भयो ।
सवारी दुर्घटनामा घाइते हुनेहरुमा     प्रदेश नं २–०२–००२ प २५९३ नं को मोटरसाईकलका चालक सिन्धुलीको कमलामाई नगरपालिका ४ का अन्दाजी वर्ष ३० का र सोही मोटरसाईकलमा कमलामाई नगरपालिका ४ कै अन्दाजी वर्ष २२ का निर बिक्रम बुढाथोकी साथै  बा.१२ प. ३६११ नं को चालक लालवन्दी नगरपालिका ७ का अन्दाजी वर्ष ४७ का उपेन्द्र साह र सोही मोटरसाईकलमा सवार लालबन्दी नगरपालिका ७ कै साहकी श्रीमती अन्दाजी वर्ष ३५ कि उमा देवि साह रहेका प्रहरी निरिक्षक थापाले जानकारी दिनुभयो ।
उनिहरु मध्य २ जनाको अवस्था सामान्य रहेको छ भने २ जनालाई स्थानिय स्वास्थ्य संस्थामा प्राथमिक उपचार पछि थप उपचारको लागि  वीरगञ्ज पठाइएको प्रहरलिे जनाएको छ । भने दुर्घटनामा संग्लग्न सवारीसाधनहरु इलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेको छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech