भन्सार छलीका २७ वटा मोवाईल प्रहरी नियन्त्रणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-२-३० गते   ५२० पटक हेरिएको

दुर्गा कुमारी  अधिकारी
सर्लाहीको मलंगवा नगरपालिका ९ बाट प्रहरीले करिब चार लाख बराबरको भन्सार छलीको मोवाईल नियन्त्रणमा लिएको छ । मलंगवा नगरपालिका ९ स्थित महेन्द्र होटल नजिकैबाट  भारतबाट भन्सार छली नेपाल ल्याउँदै गरेको विभिन्न कम्पनीका गरि २७ पिस मोवाईल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार भन्सार छली मोवाईल लिएर आउँदै गरेका मानिसहरु प्रहरी टोलीललाई देखेपछि झोला फालि भागेका र सो झोला अनतलासी गर्ने क्रममा भन्सार छली नेपाल ल्याउँदै गरेका विभिन्न कम्पनीका २७ थान मोवाईल बरामद् भएको हो ।
नियन्त्रणमा लिइएका मोवाईलहरु अन्दाजी रु चार लाख बराबरको रहेको प्रहरीले जनाएको छ । जिल्ल प्रहरी कार्यालय सर्लाहीमा प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुवेदी कार्यालय प्रमुख भएर आएदेखि जिल्लाको सुरक्षा संयन्त्रका साथै भन्सार छली र गैर कानुनी कार्य गर्नेहरुको निदहराम भएको भएपनि सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु नै भन्सार छलीमा संग्लग्न भएका कारण सोचे अनुसारको प्रगति हासिल गर्न नसकेको भएपनि विगतका प्रमुखहरुको तुलनामा निकै सुधार भएको स्थानीय जानकारहरु बताउँछन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech