तराईबाट हरियो तरकारी ल्याउने गाडी र चालक सिन्धुली प्रहरीको नियन्त्रणमा

3.1k Shares

जिल्ला सदरमुकाम सिन्धुलीमाढीमालकडाउनको समयमा तराईबाट हरियो तरकारी ल्याउने सवारी साधन र चालकलाई आईतबार बिहान सिन्धुली प्रहरीले निुयन्त्रणमा लिएको छ ।

सदरमुकाम सिन्धुलीमाढीस्थित विभिन्न ठाँउका तरकारी पसललाई तरकारी बिक्री गरी फर्कदै गरेको ना ५ च २५८३ नम्बरको पिकअप बोलेरो र उक्त गाडीका चालक सर्लाहीका अमितकुमार यादबलाई ईलाका प्रहरी कार्यालय भिमानले निुयन्त्रणमा लिएको हो ।

कोरोना भाईरस संक्रमण नियन्त्रण गर्न भन्दै स्थानीय प्रशासनले बैशाख २ गतेदेखि एक साताका लागि सिन्धुली जिल्लामा प्रयोजन हुने तराईका विभिन्न ठाँउबाट आयात गरिने खाद्यन्न, फलफुल, माछा, मासु, अण्डा, कुखुराको चल्ला र हरियो तरकारी प्रुतिबन्ध लगाएको थियो ।

प्रतिबन्धित समयमा तराईको लालबन्दीबाट हरियोे तरकारी ल्याई सदरमुकाम सिन्धुलीमाढीका तरकारी पसललाई बिक्री गरी फर्कदै गरेको उक्त गाडी र चालकलाई आईतबार विहान ८ बजेतीर निुयन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यादलय सिन्धुलीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक रन्जु सिग्देलले जानकारी दिनु भयो  ।
प्रहरीका अनुसार रामेछाप लैजाने भन्दै झुुक्याएर उक्त गाडीले तरकारी सदरमुकाम सिन्धुलीमाढीमा बिक्री गरी फर्किएको आशंका गरिएको छ । त्यस सम्बन्धमा अुनुसन्धान भई रहेको प्रहरी उपरिक्षक सिग्देलले बताउनु भयो ।

उक्त गाडीले ल्याएर सदरमुकामका तरकारी पसलमा छाडेको करिब डेढ टन तरकारी आईतबार बिहान नै बरामद गरि नुष्ट गरेको कमलामाई नगरपालिकाले जनाएको छ । नगरपालिकाका कृषि शाखा प्रमुख देबीप्रसाद सापकोटाका अनुसार सदरमुकाम स्थित तरकारी उपज बजारका तीन वटा, कालीमाई मन्दिर नजिकका दुई वटा, ढुंग्रेबासको चार वटा, माझीटारको एउटा र दुई नम्बर बजारको एउटा तरकारी पसलबाट करिब डेढ टन हरियो तरकारी बरामद गरी नष्ट गरिएको छ । बरामद गरिएका तरकारीहरुमा खुर्सानी, टमाटर, करेला, बोडी, फर्सी, लौका र चाईनिज साग रहेको उहाँले जानकारी दिनुभयो ।

बरामद गरिएको तरकारी नगरपालिकाको फोहोर फाल्ने ठाँउ डम्पिङ साईडमा लगेर खाल्टो खनी नष्ट गरिएको उहाँले बताउनुभयो । उक्त तरकारी शसस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा पसलबाट बरामद गरिएको नगरपालिकाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जिल्लामा प्रयोजनका लागि आउने सामान आयातमा एक साताका लागि प्रतिबन्ध लगाएसँगै हरियो तरकारीको चरम अभाव  पनि सुरु भएको उपभोक्ताहरुले बताएका छन ।

सम्बन्धित समाचार